४७४
Sharesधादिङ: धादिङको थाक्रे गाउँपालिकाले पन्ध्र महिना उमेर सम्मका बालबालिकालाई लक्ष्यअनुसार खोप लगाएपछि पूर्ण खोपयुक्त पालिकाको रुपमा प्रमाणीकरण तथा प्रतिवद्दता कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार पालिकाको सभा हलमा एक कार्यक्रमको आयोजना गरि उक्त कार्यक्रम सम्पन्न गरेको हो।
यस्तै थाक्रे गाउँपालिकाद्वारा संचालित न्युनतम सेवा मापदण्ड (MSS) आ.व. २०८१ /०८२ को मिति २०८२/१२/०६ देखि १० गतेसम्म संचालित प्रथम अर्ध वार्षिक समिक्षामा ७३ प्रतिसत अंक प्राप्त गरि भुमेस्थान स्वास्थ्य चौकी प्रथम स्थान हासिल गर्न सफल भएको छ। उक्त सस्था गत वर्ष पनि प्रथम स्थान हासिल गर्न सफल भएको थियो। यसरि आफुले लामो समय देखि भुमेस्थान स्वास्थ्य चौकीमा पालिकाले दीएको पूर्ण जिम्मेवारी लीएर काम गरेको हुनाले सो मुल्यांकन गरि पालिकाले यो सम्मान प्रदान गरेकोमा पालिका लाइ धन्यवाद दिदै भोलिका दिन हरुमा अझ धेरै अंक ल्याउने गरि काम गर्न उर्जा मिलेको भुमेस्थान स्वास्थ्य चौकीका प्रमुख संगीता पाख्रिनले टोलटोलको खबर सीतको कुराकानीमा बताउनु भयो।
तेस्तै ७२ अंक ल्याएर महादेववेशी स्वास्थ्य चौकी द्धितीय हुन् सफल भएको छ भने ६३ अंक ल्याएर केवलपुर स्वास्थ्य चौकी तृतीय हुन सफल भएको छ। प्रथम ,द्धितीय,तृतीयहुने स्वास्थ्य चौकी लाइ प्रमाण पत्र सहित सम्मान गरिएको थियो।
थाक्रे गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा शुभकामना दिनु हुदै थाक्रे ६ का वडा अध्यक्ष हिरा बहादुर थापाले स्वास्थ्यनै हाम्रो ठुलो कुरा भएकोले स्वास्थ्य चौकीमा रहेर काम गर्नु हुने सम्पूर्ण स्वास्थ्य कर्मी हरुलाई धन्यवाद दिनु भयो । उहाले पालिकाको बिसयमा बिभिन्न नकारात्मक कुरा लेखेर भ्रम फैलाउने हैन भ्रस्टाचार भएको प्रमाण लिएर आउनुहोस हामि जे सजाय भोग्न तयार रहेको बताउदै यस्ता भ्रम फैलाउने हरु सित कानुनि रुपमा जानु पर्ने अवस्था आएको समेत बताउनु भयो।
तेस्तै कार्यक्रमका प्रमुख अतिथि तथा जस्वास्थ्य कार्यालय धादिङका निमित्त प्रमुख तथा जिल्ला खोप समन्वय समितिको सचीव राजन प्रसाद चालिसेले पनि कार्यक्रमको सफलताको सुभकामना तथा बधाई दिनु हुदै खोपको विषयमा समेत जानकारी गराउनु भएको थिय।
तेस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर के सीले थाक्रे वासीलाइ बधाई दिनु हदै स्वास्थ्य कर्मीहरुको ठुलो मेहनतको कारण आज यस्तो कार्यक्रम गर्न पाइएको बताउनु भयो।
कार्यक्रममा पालिकाका उपाध्यक्ष यान्त्र बहादुर थापाले स्वास्थ्य क्षेत्र यक्दम संबेदन सिल कुरा भएको र आज महत्वपूर्ण काम सम्पन्न गरिएको म्बताउनु हुदै प्रथम ,द्धितीय,तृतीयहुने स्वास्थ्य चौकी लाइ हार्दिक बधाई दिनु भयो।
यस्तै उहाले अहिले पालिकाको विषयमा सामाजिक संजालमा नभएको कुरालाई पनि नकारात्मक ढंगले लेखिएको भन्दै नागरिक भ्रममा नपर्न आग्रह गर्नु भयो।
कार्यक्रमका सभा अध्यक्ष तथा पालिकाका प्रमुख एवं थाक्रे गाउँपालिका खोप समन्वय समितीका अध्यक्ष रामकुमार आचार्यले आफ्नो मन्तब्य राख्नु हुदै सरकारले बनाएका माप दण्ड अनुसार कुनै पनि बालबालिकाहरु खोप बाट बन्चित बन्न परेको छैन सबैले खोप प्राप्त गर्नु भएको छ यो क्षणमा आयोजना गरिएको कार्यक्रममा बधाई साटासाट गर्दै यो कठिन काममा महत्वपूर्ण भूमिका खेल्नु हुने स्वास्थ्य कार्मी प्रति हार्दिक धन्यवाद दिनु भयो।
प्रथम ,द्धितीय,तृतीयहुने स्वास्थ्य चौकी लाइ आभार प्रकट गर्दै अर्को साल अझ उत्क्र्स्ट बन्न र जिल्लामै पहिलो हुने गरि काम गर्न सकियोस भन्दै उपस्थित सबै प्रति हार्दिक धन्यवाद दिनु भयो। यस्तै उहाले अहिले पालिकाको विषयमा सामाजिक संजाल नकारात्मक कुरा लेख्दै नागरिकमा एक प्रकारको भ्रम फैलाएको भन्दै यस्ता कुरामा पछि नलाग्न आग्रह गर्नु भयो। साथै उहाले बेरोजु भनेको के हो ? कस्ता कस्ता कुरामा बेरुजु हुन्छ भन्ने कुरा समेत राख्नु भयो।
स्वास्थ्य शाखाका प्रमुख कमल अधिकारीले संचालन गर्नु भएको उक्त कार्यक्रममा जस्वास्थ्य कार्यालय धादिङका बिभिन्न पधाधिकारी , वडा अध्यक्ष , कार्यपालिका सदस्य , स्वास्थ्य कर्मी लगायतको उपस्थित रहेको थियो।