९९
Sharesधादिङ: जिल्लाको उत्तरी हिमाली क्षेत्रमा खर्क व्यवस्थापनसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । डिभिजन वन कार्यालय, धादिङको आयोजनामा सुरु भएको तालिमले हिमाली क्षेत्रमा रहेको खर्क र्अथात् घाँसे मैदानको दीगो व्यवस्थापन, संरक्षण तथा उपयोगका विषयमा स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य राखेको डिभिजन वन प्रमुख वष्णिुप्रसाद आचार्यले जानकारी दिनु भयो।
तालिममा विभिन्न सामुदायिक वन, उपभोक्ता समूह, गोठाला समुदाय, स्थानीय सरकारका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको छ । प्रशिक्षार्थीहरूलाई खर्क क्षेत्रको वैज्ञानिक व्यवस्थापन, वातावरणीय सन्तुलन, चरन व्यवस्थापन, जैविक विविधताको संरक्षण, जल स्रोत संरक्षण तथा हिमाली जीवनशैलीसँग जोडिएको परम्परागत ज्ञान र आधुनिक अभ्यासबीचको समन्वयबारे प्रशिक्षण दिइने पनि आचार्यको भनाइ छ।
“हिमाली क्षेत्रका खर्कहरू केवल घाँसे मैदान मात्र होइनन्, यी स्थानीय समुदायको जिविकोपार्जन, पशुपालन र परम्परागत जीवनशैलीसँग गहिरो रूपमा गाँसिएका छन् । तालिममार्फत समुदायमा प्रशिक्षक तयार पारेर दीर्घकालीन संरक्षणमा योगदान पुर्याउने लक्ष्य राखिएको छ आचार्यले भन्नु भयो ।
तालिमको शुभारम्भका क्रममा सहभागीहरूले आफ्ना अनुभवहरू बताउँदै तालिम अत्यन्त उपयोगी हुने विश्वास गरेका छन् । उहाहरूले प्राप्त सीपलाई आफ्ना समुदायमा प्रयोग गरी खर्कको संरक्षण र उचित उपयोगमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तरगतको गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाको सहयोगमा आजबाट शुरु भएको प्रशिक्षक प्रशिक्षण तालिम जेठ ९ गतेसम्म सञ्चालन हुनेछ ।
विज्ञान र परम्परागत स्थानीय ज्ञानको सम्मिलन–स्थानीय जलवायु उत्थानशील कार्यको सुदृढिकरण भन्ने नारा सहित शुरु गरिएको तालिमआगामी दिनहरूमा अन्य हिमाली गाउँ–बस्तीतर्फ विस्तार गर्दै लैजाने योजना रहेको डिभिजन वन कार्यालय धादिङले जनाएको छ । तालमि रुविभ्याली गाउँपालिका वडा नं. १ लिन्जोमा सञ्चालन र्भरहेको छ । लिञ्जो उत्तरी धादिङको सर्बभन्दा टाढाको बस्ती हो ।