FLASH NEWS

आज बस्ने संसदको बैठमा अर्थमन्त्री पौडेलले जवाफ दिनुहुने

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ जेष्ठ २, शुक्रबार (५ महिना अघि)
  • २९७

    Shares

आज बस्ने संसदको बैठमा अर्थमन्त्री पौडेलले जवाफ दिनुहुने

काठमाडौं : प्रतिनिधिसभाको आज बस्ने बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले राखेका प्रश्नको जवाफ दिनुहुने भएको छ।

बैठक बिहान ११ बजे बस्नेछ। आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदले धारणा राख्ने क्रम शुक्रबार नै सकिने छ ।

सांसदले धारणा राख्ने क्रम सकिएपछि अर्थमन्त्री पौडेलले जवाफ दिने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनु भयो। प्रतिनिधिसभामा गत वैशाख ३० गतेदेखि यो प्रस्तावमा छलफल भइरहेको छ।

सभामुख देवराज घिमिरेको अध्यक्षता रहने कार्यव्यवस्था परामर्श समितिले दलीय आधारमा छलफलको समयसीमा निर्धारण गरेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस