FLASH NEWS

आजको मौसम कस्तो रहला ? हेर्नुहोस

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ जेष्ठ २, शुक्रबार (१ महिना अघि)
  • १२०

    Shares

आजको मौसम कस्तो रहला ? हेर्नुहोस

काठमाडौं :    हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक–दुई स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस