FLASH NEWS

थाक्रे मा पाठेघरको मुखको क्यान्सर पहिचानको लागि सञ्चालित शिविरमा १८७ जनाले लिए सेवा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ जेष्ठ १, बिहिबार (७ घण्टा अघि)
  • १७८

    Shares

थाक्रे मा पाठेघरको मुखको क्यान्सर पहिचानको लागि सञ्चालित शिविरमा १८७ जनाले लिए सेवा

थाक्रे:    थाक्रे मा पाठेघरको मुखको क्यान्सर पहिचानको लागि सञ्चालित VIA जाँच अभियानमा १८७ जनाले सेवा लिएका छन्।

थाक्रे गाउँपालिकाको ०८१/०८२को वार्षिक कार्यक्रम अनुसार ३० वर्ष भन्दा माथि उमेर समुहका महिलाहरुको पाठेघरको मुखको क्यन्सर सम्बन्धी स्क्रिनिङ सम्बन्धि बैशाख २८ गते देखि शिविर सञ्चालन भएको थियो। जस अनुसार केवल पुरा स्वास्थ्य चौकीमा ९३ जना परिक्षण गराएका मध्ये ६ जनामा VIA पोजेटिभ देखिएको थियो।

तेस्तै थाक्रे स्वास्थ्य चौकीमा ५५ जना महिलाले परिक्षण गराएका थिए भने तसर्पु स्वास्थ्य चौकीमा ३९ जनाले सेवा लीएको मध्ये १ जनामा पोजेटिभ देखिएको थाक्रे गाउँपालिकाका पब्लिक हेल्थ नर्स (प .हे .न) कोपिला रानाले टोलटोलको खबर डटकम लाइ जानकारी दिनु भयो।

शिवरमा परिक्षण गर्दा VIA पोजेटिभ देखिएको ७ जनालाई थापाथली रिफर गरिएको पनि रानाको भनाइ छ।
पालिकाले हरेक वर्ष वार्षिक कार्यक्रमनै राखी यस्ता बिभिन्न कार्यक्रम हरु गर्दै आइरहेको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस