FLASH NEWS

प्रेमसागर फाउण्डेशन नेपाल जन भोजन कार्यक्रमले आफ्नो १६ औं वार्षिकोत्सब  मनायो

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ बैशाख २७, शनिबार (२ घण्टा अघि)
  • १५०

    Shares

प्रेमसागर फाउण्डेशन नेपाल जन भोजन कार्यक्रमले आफ्नो १६ औं वार्षिकोत्सब  मनायो

थाक्रे:  प्रेमसागर फाउण्डेशन नेपाल जन भोजन कार्यक्रमले आफ्नो १६ औं वार्षिकोत्सब मनाएको छ।

धादिङको थाक्रे गाउँपालिका ५ दामेचौरमा रहेको प्रेमसागर फाउण्डेशन नेपाल जन भोजन कार्यक्रमले आफ्नो १६ औं वार्षिकोत्सब  विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको हो।

सस्थाका उपाध्यक्ष डा.प्रेमराज ढुङ्गेलको अध्यक्षतामा  भएको कार्यक्रमममा सस्थाका ब्याबस्थापक भोला राउतले स्वागत गर्नु भएको थियो।

लामो समय देखि सामाजिक काम गर्दै थाक्रे र थाहाका २ हजार भन्दा बढी बिद्यार्थीहरु लाई दिवा ताजा खाजा खुवाउदै आएको जनभोजनको वार्षिकोत्सबमा शुभकामना दिनु हुँदै कार्यक्रमका प्रमुख अतिथी एवं थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले सस्थाले बिगत लामो समय देखि सामाजिक काम गर्दै आइरहेको र भोलिका दिन हरुमा अझ रचनात्मक काम गर्न आग्रह गर्नु भयो।
उहाँले अझ  यश सस्थाले यति ठूलो हल लगायतका संरचना भएकोले मनोसामाजिक परामर्श जस्ता तालिमहरु पनि सन्चालन गर्न सके अझै राम्रो हुने बताउदै  थाक्रे ७ र ८ मा रहेकोे बिद्यालयलाई पनि दिवा खाजाको बेबस्था मिलाउन सुझाव दिनु भयो । तेस्तै उहाले पालिकाले हरेक वर्ष सस्थालाइ सक्दो सहयोग गर्दै आइरहेको बताउनु भयो ।

कार्यक्रममा  थाक्रे गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष युवराज खतिवडा , थाक्रे १० का वडा अध्यक्ष गोकुल लामिछाने  र थाहा नगरपालिकाका वडा अध्यक्षहरु थाक्रे र  थाहा नगरपालिकाका बिधालयका प्र अ तथा प्रतिनिधि बिद्यार्थी , समाज सेवि लगायतको उपस्थिति रहेको कार्यक्रममा  विभिन्न विधालयका    बिद्यार्थी हरुले विभिन्न प्रस्तुतिहरु राखेका थिए ।

कार्यक्रमका सभा अध्यक्ष तथा सस्थाका उपाध्यक्ष डा.प्रेमराज ढुङ्गेलले कार्यक्रम भब्य र सब्य बनाउन साथ सहयोग गर्नु हुने सम्पुर्ण महानुभाब सहयोगी दाता सबै सबैलाई धन्यवाद समेत दिनु भयो ।

तेस्तै रजनी लामाले संचालन गर्नु भएको कार्यक्रममा धादिङ मकवानपुर शैक्षिक सहयोग  किरण शर्माको  समुहले राष्ट्रिय संगीत कर्मी संघ धादिङलाई केही थान बाध्यबाधक र धादिङ तथा मकवानपुरका केही विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री समेत प्रदान गरिएको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस