७७
Sharesथाक्रे : धादिङको थाक्रे गाउँपालिकामा जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग सुरक्षित आप्रवासन कार्यक्रमका बारेमा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
स्वदेशमा नै रोजगारी गरौं,बैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना लिएर र सिप सिकेर मात्र जाऔं″ भन्ने नाराका साथ सामी कार्यक्रम थाक्रेमा सञ्चालन भइरहेको छ । सामी कार्यक्रमले ४ वटा विषयमा रहेर समुदाय स्तरमा कार्यक्रम सञ्चालन गर्दै आएको वित्तिय साक्षरता सहजकर्ता लक्ष्मी भुजेलले जानकारी दिनु भयो।
कार्यक्रमले सुचनाको पहुँच,सिपमा पहुँच, न्यायमा पहुँच,वित्तिय साक्षरता कक्षा र मनोसामाजिक परामर्श सेवा सञ्चालन गर्दै आएको छ । समुदायस्तरमा बैदेशिक रोजगारीमा जाने तयारीमा रहेका तथा बैदेशिक रोजगारीमा विदेश भएका परिवारहरुसगं भेटघाट तथा सुरक्षित बैदेशिक रोजगारीका बारेमा जानकारी र मनोपरामर्शको काम गर्दै आएको भुजेलको भनाई छ। श्रावण देखि हालसम्म २ हजार४ सय २५ जनालाई सूचना प्रबाह गरिएको छ ।
सुरक्षित बैदेशिक रोजारीका लागि प्रर्वद्धन गर्ने उद्देश्यले धादिङका ४ वटा स्थानिय तहमा सामी कार्यक्रम सञ्चालन हुँदै आएको छ । आर्थिक वर्ष २०८१÷८२ मा बागमती प्रदेश भरिमा सबै कार्यक्रम सम्पन्न गरेर सामी कार्यक्रममा थाक्रे गाउँपालिका प्रथम भएको छ ।
कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य,उपाध्यक्ष यन्त्र बहादुर थापा (जिन्दगी),प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसी,वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, विषयगत शाखाका प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको थियो।