FLASH NEWS

जीवनपुर सानाकिसान कृषि सहकारीको अवलोकनमा साना किसान विकास लघुवित्तका सीईओ अधिकारी र एडीबी टोली

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ २७, बुधबार (३ घण्टा अघि)
  • ३५

    Shares

जीवनपुर सानाकिसान कृषि सहकारीको अवलोकनमा साना किसान विकास लघुवित्तका सीईओ अधिकारी र एडीबी टोली

धादिङ:  धादिङको जीवनपुरस्थित जीवनपुर सानाकिसान कृषि सहकारी संस्था लिमिटेड को अवलोकन गर्न साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड का प्रमुख कार्यकारी अधिकृत बासुदेव अधिकारी तथा Asian Development Bank (एडीबी) को उच्चस्तरीय नेतृत्वसहितको टोलीले सहकारीको भ्रमण गरेको छ।

अवलोकनका क्रममा टोलीले सहकारीले सञ्चालन गरेका कृषि, पशुपालन, बचत तथा ऋण परिचालन, महिला सशक्तीकरण तथा किसानको आयआर्जन वृद्धिमा केन्द्रित कार्यक्रमहरूको जानकारी लिएको थियो। सहकारीका पदाधिकारीहरूले संस्थाको वर्तमान अवस्था, उपलब्धि, चुनौती तथा आगामी योजनाबारे प्रस्तुतीकरण गरेका थिए।

टोलीले सहकारीमार्फत ग्रामीण क्षेत्रमा कृषि उत्पादन वृद्धि, वित्तीय पहुँच विस्तार तथा किसानको जीवनस्तर सुधारमा भएको योगदानको प्रशंसा गर्दै यस्ता नमुना अभ्यासहरूलाई थप प्रवर्द्धन गर्न आवश्यक रहेको धारणा व्यक्त गरेको बताइएको छ।

कार्यक्रममा सहकारीका सञ्चालक समिति, कर्मचारी, सदस्य किसान तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस