
६०
Shares
थाक्रे गाउँपालिका–६ मा स्थानीय अधिकारसम्बन्धी छलफल सम्पन्न भएको छ।
ICDC नेपाल र एक्सन एड नेपालको साझेदारीमा सञ्चालन भइरहेको “स्थानीय अधिकार कार्यक्रम” अन्तर्गत स्थानीय सरोकारवाला तथा वकालत (advocacy) विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।



कार्यक्रमको उद्देश्य स्थानीय तहमा नागरिकको भूमिका सशक्त बनाउनुका साथै सरोकारवाला निकायबीच समन्वय र सहकार्य अभिवृद्धि गर्नु रहेको थियो। सोही सन्दर्भमा पुनः गठित नागरिक मञ्चको सक्रिय सहभागितामा विस्तृत छलफल सम्पन्न भएको छ।
सोमबार कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक उत्तम तिमिल्सिनालगायत नागरिक मञ्चका सदस्यहरूको उपस्थिति रहेको थियो। छलफलका क्रममा समुदायमा सचेतनामूलक सडक नाटक सञ्चालन गर्ने, वृक्षारोपण कार्यक्रम अगाडि बढाउने, बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई सुझाव दिने तथा समूहका सदस्यहरूलाई डिजिटल हिंसा सम्बन्धी तालिम प्रदान गर्ने जस्ता महत्वपूर्ण विषयहरू उठान गरिएका थिए।
उक्त कार्यक्रमले स्थानीय समुदायमा जनचेतना वृद्धि गर्नुका साथै नागरिक सहभागिता र उत्तरदायित्व अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।







