FLASH NEWS

प्रतिनिधि सभा निर्वाचनमा निर्धक्क भएर मतदान गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको आह्वान

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२
  • टोलटोलको खबर
  • निर्वाचन २०८२
  • प्रकाशित मिति:
  • २०८२ फागुन २०, बुधबार (१ दिन अघि)
  • ६२

    Shares

प्रतिनिधि सभा निर्वाचनमा निर्धक्क भएर मतदान गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको आह्वान

काठमाडौँ : निर्वाचन आयोग का कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न सम्पूर्ण मतदातालाई आह्वान गर्नुभएको छ।

भण्डारीले मतदान मतदाताको नैसर्गिक अधिकार र कर्तव्य दुवै भएको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताउनुभयो। उहाँले निर्वाचनले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ एवं परिपक्व बनाउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “गत भदौ २३ र २४ गते भएको नवयुवाको विद्रोहपछि विकसित विषम परिस्थितिमा सम्पन्न हुन गइरहेको यो आकस्मिक प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ ले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ एवं परिपक्व बनाउने विश्वास मैले लिएको छु।”

उहाँले थप्नुभयो, “प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराउँदछु।”

निर्वाचनको पूर्वसन्ध्यामा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला नै निर्वाचन भएको बताउनुभयो। आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता प्रदान गर्ने उल्लेख गर्दै उहाँले बिहीबार आ–आफ्नो मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न सबै मतदातालाई आग्रह गर्नुभयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

१ हप्ता अघि

सुनको मूल्य घट्यो

खोजी गर्नुहोस