FLASH NEWS

आजको मौसमः तराईमा हुस्सु, पहाडमा बादल लाग्ने

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ फागुन २०, बुधबार (२ दिन अघि)
  • ५६

    Shares

आजको मौसमः तराईमा हुस्सु, पहाडमा बादल लाग्ने

काठमाडौंः हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको र ती भूभागलगायत बाँकी भूभागहरूमा तुवाँलो पनि लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराईका केही स्थानमा आज दिउँसो हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज राति तराई भूभागका केही स्थानमा तुँवालो रहनेछ। महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

१ हप्ता अघि

सुनको मूल्य घट्यो

खोजी गर्नुहोस