
८
Shares
काठमाडौं : काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल एमालेको केन्द्रीय सदस्यमा पहिलो पटक निर्वाचित हुनु भएको छ । हालै भएको महाधिवेशनमा चुनावी प्रतिस्पर्धा गर्दै डंगोल विजयी हुनु भएको हो।



सुनिताले राजधानी विशेषमा ४० वर्षमुनिको कोटामा उम्मेदवारी दिनु भएको थियो । यो कोटामा एक जना केन्द्रीय सदस्य आरक्षित गरिएको छ । जसमा दुई प्रतिस्पर्धीलाई अत्यधिक मतले पछि पर्नु भयो । उहाले १६६८ भोट ल्याउनु भएको छ । उहाका दुई प्रतिस्पर्धी ईं राजन थापा र सन्तोष खड्काले क्रमशः २२९ र ३३० मत ल्याएका थिए।








