
७७
Shares
धादिङ : संविधान र लोकतन्त्रको रक्षा तथा संसद पुनस्थापनाको लागि नेकपा एमाले धादिङले शनिबार धादिङबेसीमा जनप्रदर्शन गरेको छ । एमालेले देशभर जनप्रदर्शन गरिरहँदा एमालेले धादिङमा शक्ति प्रदर्शन गरेको हो ।



प्रदर्शनपछि भएको जनसभालाई एमालेका पोलिटव्युरो सदस्य खिलाल भट्टराई, केन्द्रिय सदस्य एवं् धादिङ जिल्ला इन्चार्ज खेम प्रसाद लोहनी, जिल्ला अध्यक्ष भुमि प्रसाद त्रिपाठी, उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली), सचिव राधिका सापकोटाले सम्बोधन गर्नुभयो ।
जनसभालाई सम्बोधन गर्नुहुँदै नेता भट्टराईले देशलाई सही बाटोमा हिँडाउन नेकपा एमाले मात्रै अहिलेको विकल्प रहेको बताउनुभयो । असंवैधानिक तरिकाबाट गठन भएको सुशिला कार्की नेतृत्वको सरकारलाई संविधानले नचिन्ने उहाँले दावी गर्नुभयो ।
त्यस्तै केन्द्रिय सदस्य एवं् धादिङ इन्चार्ज खेम प्रसाद लोहनीले संविधानको रक्षाको लागि एमाले जतिबेला पनि तयार रहेको बताउनुभयो । ‘टापटिपे आवाराहरुले देश चलाइरहेको छ । यो खराव अवस्थालाई परिवर्तन गरेर जनताको शासन व्यवस्थालाई अगाडि ल्याउन एमाले विद्रोहमा निस्किरहेको छ’, उहाँले भन्नुभयो ।
सजसभालाई सम्बोधन गर्नुहुँदै एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले संविधान संशोधन संसद र प्रतिनिधिसभाले मात्रै गर्न सक्ने भएकोले प्रतिनिधिसभालाई व्युझाउन आवश्यक रहेको बताउनुभयो । चुनावमा जान वैधानिक सरकार बनाउन पनि भङ्ग भएको प्रतिनिधिसभा पुनस्थापना गरेर चुनावको मिति तोक्नुपर्ने दावी गर्नुभयो ।
जेलबाट भागेका अपराधिहरुको हातमा प्रहरीसँग लुटिएको गोलीगठ्ठाहरु फिर्ता गराएर अपराधिहरुलाई कारबाही गरी दलका नेता कार्यकर्ता जनता र मतदाता माझ जानसक्ने वातावरण सिर्जना गर्नुपर्ने एमाले धादिङका उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ गोर्खालीले बताउनुभयो । यो सरकारले आतंकलाई प्रसय दिएर दलहरुलाई वेवास्था गरिरहेको उहाँले जिकिर गर्नुभयो ।








