FLASH NEWS

गणेश,भीमशेन,सरस्वती जात्राको तयारी पूरा- शंकर पण्डित द्वारा ४८ हजार प्रदान

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ कार्तिक २१, शुक्रबार (३ महिना अघि)
  • १००२

    Shares

गणेश,भीमशेन,सरस्वती जात्राको तयारी पूरा- शंकर पण्डित द्वारा ४८ हजार प्रदान

धादिङको थाक्रे गाउँपालिका–९, पण्डित पौवामा हुने गणेश–भीमशेन–सरस्वती जात्राको सम्पूर्ण तयारी पूरा भएको छ।

उक्त जात्रा सञ्चालनका लागि समाजसेवी तथा ज्योति माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक शंकर प्रसाद पण्डितले रथ यात्रा तथा गुठी सञ्चालनको लागि रु. ४८ हजार प्रदान गर्नुभएको पुजारी सुरेन्द्र डंगोलले जानकारी दिनुभयो।

प्रत्येक वर्षझैं यस वर्ष पनि गणेश, भीमशेन र सरस्वती जात्रा यही कार्तिक २२ र २३ गते (तृतीया र चतुर्थी तिथिका दिन) भव्य रूपमा आयोजना हुने भएको छ।

गुठीका गुठियारका अनुसार, जात्राको अवसरमा बञ्चाबली दिइएर मुकुटलाई नेवारी बाजा, पञ्चे बाजा र भजनसहित रथमा राखी नचाइने परम्परा रहँदै आएको छ। प्रत्येक वर्ष कार्तिक महिनाको तृतीया र चतुर्थीका दिन मनाइने यो जात्रा पण्डित पौवा क्षेत्रको एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित छ।

गुठी परिवारले यस वर्षको जात्रालाई अझ सबल र भव्य बनाउन सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई उपस्थितिका लागि आग्रह गरेको छ। साथै, यस वर्षको जात्रा २०२औँ वर्षको  भएको पनि जनाइएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस