१७६
Sharesथाक्रे, धादिङ : दलित विद्यार्थीहरूको शिक्षामा पहुँच वृद्धि गर्ने उद्देश्यले थाक्रे गाउँपालिकाले दलित विद्यार्थी छात्रवृत्ति कोष सञ्चालन कार्यविधि, २०८१ निर्माण गरी आ.व. २०८१/८२ मा ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
यस कार्यक्रम अन्तर्गत थाक्रेमा स्थायी बसोबास गरेका तथा गाउँपालिकाभित्रै अध्ययनरत कक्षा ११/१२ र स्नातक तहका ४२ जना विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरि छात्रवृत्ति प्रदान गरिएको हो।
छात्रवृत्तिबाट लाभान्वित हुनेमा: २ जनालाइ प्राविधिक स्नातक तहका विद्यार्थीलाइ जनही रू ५०हजार , १ जना साधारण धारका स्नातका विद्यार्थीलाइ रू १२हजार , कक्षा ११/१२ का ३९ जना विद्यार्थीहरू लाइ जनही रू ८ हजार प्रदान गरिएको थाक्रे गाउपालिका शिक्षा शाखा प्रमुख दुर्गा देवी खड्काले टोलटोलको खबर डटकम लाइ जानकारी दिनु भयो।
शिक्षा शाखा प्रमुख दुर्गा देवी खड्काको सञ्चालन गर्नु भएको छात्रवृत्ति वितरण कार्यक्रमका अध्यक्षतथा गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले कार्यक्रममा बोल्नु बोल्दै “छात्रवृत्ति कार्यक्रमले दलित विद्यार्थीहरूको उच्च शिक्षामा पहुँच बढाउने लक्ष्य लिएको छ। यो स्थानीय सरकारको समावेशी सोच र सामाजिक उत्तरदायित्वको उदाहरण हो।” आगामी आर्थिक वर्ष २०८२/८३ मा पनि दलित विद्यार्थी छात्रवृत्ती कोष निरन्तर रहेको जानकारी गराउनु भयो।
कार्यक्रममा पालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापा ‘जिन्दगी’, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर के.सी., पुर्व उपाध्यक्ष अम्बिका रुपाखेती , थाक्रे १०का वडा अध्यक्ष गोकुल लामिछाने ,कार्यपालिका सदस्य भुबल रसाइली, शाखा प्रमुख, विद्यालयका प्रधानाध्यापकहरू र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।