FLASH NEWS

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो नतिजा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ अषाढ १३, शुक्रबार (३ दिन अघि)
  • १६७

    Shares

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् आफ्नो नतिजा

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।

एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ ।

नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।

बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

यसरी हेर्न सकिन्छ एसईईको नतिजा 

एसएमएस र आईभीआर

एसईई २०८१ को नतिजा एसएमएस र आईभीआर सेवा प्रयोग गरी थाहा पाउन सकिन्छ । यूएसएसडी सेवा अन्तर्गत *१६०० # डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिन्छ ।​एसएमएसबाट थाहा पाउन:

  • नेपाल टेलिकम: १६०० मा एसएमएस पठाउने वा डायल गरी आईभीआर​ सेवामार्फत सुन्ने ।

  • जानकी टेक्नोलोजी: ३५००१ मा एसएमएस पठाउने ।

  • आकाश टेक: ३१००३ मा एसएमएस पठाउने ।

  • स्विफ्ट टेक्नोलोजी: ३४४५५ मा एसएमएस पठाउने ।

  • अल स्टार आईटी सोलुसन्स: ३४९४९ मा एसएमएस पठाउने ।

तरिका

-सबैभन्दा पहिले मोबाइलको मेसेज बक्समा जानुहोस् ।

-त्यसपछि पठाउनुपर्ने नम्बरमा 1600 वा 35001 वा 31003 वा 34455 वा 34949 राख्नुहोस् ।

-त्यसपछि एमएमएस बक्समा NEB टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बाेल नम्बर टाइप गरेर सेन्ड गर्नुहोस् ।

-त्यस लगत्तै तपाईंले कुन विषयमा कुन ग्रेड ल्याउनुभयो भन्ने नतिजा देख्न सक्नुहुनेछ ।

वेबसाइट/एपबाट नतिजा हेर्ने विकल्प

वेबसाइटमार्फत नतिजा हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्ड लगायत विभिन्न साझेदार संस्थाहरूको वेबसाइट प्रयोग गर्न सकिन्छ । नतिजा हेर्न सकिने वेबसाइटहरू यसप्रकार छन् :

  • see.gov.np

  • neb.gov.np

  • see.ntc.net.np

  • ekantipur.com

  • see.esewa.com.np

  • खल्ती एप

  • collegeinfonepal.com

  • theconnectplus.com

  • 12khari.com

  • collegesnepal.com/see_result

  • एनसेल एप

  • swiftttech.com.np/see-result

  • result.neemaacademy.com

  • see.mypay.com.np

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस