३६८
Sharesधादिङ: धादिङको थाक्रे ९ पण्डित पौवामा रहेको ज्योति माध्यमिक विद्यालयमा वार्षिक अभिभावक भेला , पुरस्कार वितरण तथा सम्मान कार्यक्रम भएको छ।
मैना पण्डितको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सहदेब रेग्मीलेले विद्यालयका आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै विद्यालयमा भए गरेका कामको बिसयमा जानकारी गराउनु भएको थियो । तेस्तै कार्यक्रमको विशिष्ट अतिथी एवं थाक्रे ९ का वडा अध्यक्ष श्याम चन्द्र आचार्यले कार्यक्रमको सफलताको शुभकामना दिनुहुँदैन ज्योति मा बि यक सामुदायिक विद्यालय भएर पनि उत्कृष्ट र अब्बल बन्न सकेकोमा विद्यालय परिवारलाई धन्यवाद दिनु भयो।
यस्तै कार्यक्रमका प्रमुख अतिथी एवं थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले अहिले ज्योति मा बिको इतिहासमा भएका कुरा बताउनु हुँदै यहाँ सम्म लेराउन साथ सहयोग गर्नुहुने सबै लाई धन्यवाद दिनु भयो । थाक्रेले शिक्षामा ठूलो लगानी गरेको बताउनु हुँदै सामुदायिक विद्यालय प्रती बिस्वस्नियता बनाउन सबैमा आचार्यले आग्रह गर्नु भयो ।
उहाँले भेलामा विद्यालयका बिषयमा अभिभावकहरुले उठाउनु भएको कुराहरूलाई सम्बोधन गर्नु हुँदै सधैं आफ्ना छोराछोरी हरुको निगरानी गर्न विद्यालयमा कस्ता कस्ता क्रियाकलाप हुन्छन जानकारी लिने सुझाव सल्लाह दिनुहुन समेत उपस्थित अभिभावक हरुलाइ आग्रह गर्नु भयो।
विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश सिंखडाले सन्चलन गर्नुभएको कार्यक्रममा जनप्रतिनिधिहरु, विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि , विभिन्न विद्यालयका प्रमुख तथा प्रतिनिधि , अभिभावक , शिक्षक , विद्यार्थी स्थानीय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी विद्यार्थीहरुको लागि पुरस्कार वितरण , छात्रवृत्ति वितरण गरिनुको साथै शिक्षक सम्मान समेत गरिएको थियो भने विद्यार्थीले सास्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।