FLASH NEWS

ज्योति मा विमा फेरिभेटौला कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ जेष्ठ २, शुक्रबार (२ हप्ता अघि)
  • ७९६

    Shares

ज्योति मा विमा फेरिभेटौला कार्यक्रम सम्पन्न

थाक्रे:  ज्योति माध्यमिक विद्यालयले कक्षा १२ को १६औ ब्याचका विधार्थीहरूलाई विभिन्न कार्यक्रमहरू आयोजन गरी फेरिभेटौला कार्यक्रम गरेको छ।

धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ९ पण्डित पौवामा रहेको  ज्योति माध्यमिक विद्यालयमा शुक्रबार  कक्षा १२ को १६औ ब्याचका विधार्थीहरूलाई विभिन्न कार्यक्रमहरू आयोजन गरी फेरिभेटौला कार्यक्रम तथा यस शैक्षिक सत्रमा भर्ना हुनुभएको ४९ जना विधार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न गरेको हो।
यसै विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश सिंखडा ले  सन्चलन गर्नुभएको  कार्यक्रमको सभापतित्व उक्त  विद्यालयका संस्थापक तथा विद्यालय व्यवस्थापन समिति सदस्य मैना पण्डितले गर्नुभएको थियो भने प्रमुख अतिथि थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य र विशेष अतिथि थाक्रे वडा नंबर ९ का वडाअध्यक्ष श्यामचन्द्र आचार्य  रहनु भएको थियो।

कक्षा ११ द्वारा आयोजित कार्यक्रममा शुक्रबार बाट परिक्षा सम्पन्न गरेका कक्षा १२ का ७१ जना विज्ञान, व्यवस्थापन र शिक्षा समूहका सम्पूर्ण विद्यार्थीहरुलाई कार्यक्रमका सभापति मैना पण्डित, प्रमुख अतिथि रामकुमार आचार्य तथा प्रधानाध्यापक सहदेव रेग्मी द्वारा खादा तथा मायाँको चिनो वितरण गरी सम्मान गरिएको थियो।

तेस्तै बाल कक्षा देखि कक्षा ९ सम्म भर्ना हुन आउने नयाँ विधार्थीहरूलाई स्वागत समेत गरिएको विद्यालयले जनाएको छ। कार्यक्रमका  प्रमुख अतिथि एवं  गाउँपालिका अध्यक्ष तथा यसै विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकुमार आचार्यले सम्पूर्ण शिक्षक अभिभावक संघ, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावक मिलेर यस ज्योति माध्यमिक विद्यालयलाई नमुना बनाउन लागि पर्नहुन अनुरोध गर्दै आवश्यक सहयोगका लागि गाउँपालिका सदैव तयार रहेको बताउनु भयो।

यस्तै विद्यालय अव्वल वनाउन यसै वर्षदेखि नवीनतम कार्यक्रमहरू ल्याउने र कार्यान्वयन गर्ने प्रधानाध्यापक शाहदेव रेग्मीले वताउनु भयो। कार्यक्रममा सम्पूर्ण वडा जनप्रतिनिधिहरू,विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ तथा सल्लाकार समितिका सम्पूर्ण सदस्यहरू तथा सम्पूर्ण विद्यार्थीहरूको उपस्थिती रहेको सहायक प्रधानाध्यापक प्रकाश सिंखडाले टोलटोलको खबर डट कम लाई  जानकारी दिनु भयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस