FLASH NEWS

थाक्रेमा समुदायमा आधारित पुन: स्थापना कार्यक्रम अपाङ्गता सम्बन्धी अभिमुखिकरण

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ चैत्र २६, मंगलबार (८ महिना अघि)
  • ४०६

    Shares

थाक्रेमा समुदायमा आधारित पुन: स्थापना कार्यक्रम अपाङ्गता सम्बन्धी अभिमुखिकरण

थाक्रे:    धादिङको थाक्रे गाउँपालिकामा समुदायमा आधारित पुन: स्थापना कार्यक्रम अपाङ्गता सम्बन्धी अभिमुखिकरण कार्यक्रम भएको छ।

अपाङ्ग कल्याण संघ गजुरीको आयोजना तथा थाक्रे गाउपालिकाको आर्थिक सहयोगमा दुई दिने अभिमुखिकरण सुरु भएको हो ।बुधबार सम्म सन्चालन हुने कार्यक्रममा पालिका भित्र रहेका अपाङ्गता भएका ब्याक्ती हरुको लागि भए गरेका कानुन , कस्ता ब्याक्तीलाई कुन परिचयपत्र वितरण गर्ने , कस्तो खाले अपाङ्गता भएका हरुको लागि कस्ता बेबस्था रहेको छ, अपाङ्गताको कर्गीकरण लगायतको बिसयमा छलफल गरिएको थियो ।

थाक्रे गाउपालिकाका प्रमुख रामकुमार आचार्यको प्रमुक आथित्यतामा सुरु भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसि , वडाका वडा अध्यक्ष ,सदस्य अपाङ्गता भएका ब्याक्तीहरुको उपस्थिति रहेको कार्यक्रममा कार्यक्रमका सभा अध्यक्ष एवं अपाङ्ग कल्याण संघ गजुरीका अध्यक्ष गुणराज खतिवडा र थाक्रे गाउपालिकाका महिला तथा वालवालिका शाखाका प्रमुख कमला पन्थीले सहजीकरण गर्नु भएको थियो भने उक्त कार्यक्रम बुधबार सम्म सन्चालन हुने छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस