१३४
Sharesधादिङ: बाल विवाह अन्त्य सम्बन्धि सचेतनामुलक अनुशिक्षण कार्यक्रम मंगलबार सातदोबाटोमा सम्पन्न भएको छ ।
धादिङको गंगाजमुना गाउँपालिकाको आयोजनामा माध्यमिक तह कक्षा ८-१० का बिद्यार्थीहरुको लागि १ दिने अनुशिक्षण गरिएको हो । मंगलबार सम्पन्न भएको कार्यक्रममा गंगाजमुना गाउँपालिका वडा नं ४ मा अवस्थित तामाङखर्च माविमा ७४ जना र वडा नं ५ को मण्डली माविमा ६२ जना बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।
अनुशिक्षण कार्यक्रममा नेपालमा बालबालिका तथा बालविवाहको बिद्यमान अवस्था र कानुनी प्रावधान, समसामयिक चुनौती र समाधान , बाल विवाह नियन्त्रण तथा रोकथाम उपायहरु, भएका प्रयासहरु, बाल बिवाहको कारण र त्यसको असर, बाल अधिकार, बाल विवाह कारण हुने नकारात्मक असरहरु,सजायको व्यवस्था,बाल विवाह न्युनिकरणमा सरोकारवालाहरुको भुमिका लगायतका बिषयमा प्रयास नेपाल,धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रशिक्षण दिनु भएको थियोे ।
अनुशिक्षण कार्यक्रममा गंगाजमुना गाउँपालिका उपाध्यक्ष रामेश्वर सिम्खडा महिला , बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख प्रमिता भट्ट,गंगाजमुना गाउँपालिका वडा नं ३ का वडाध्यक्ष प्रेम घले ,वडा नं ५ का वडाध्यक्ष कुमार अधिकारी , तामाङखर्च माविका प्रधानाध्यापक शंखर प्रसाद सिम्खडा , बालक्लबका अध्यक्षहरु लगायतको सहभागी रहेको प्रयास नेपाल धादिङका सामुदायिक सहजकर्ता कविता सापकोटाले जानकारी दिनु भयो ।
कार्यक्रम सहभागी विद्यार्थीहरुले आफुहरुले बाल विवाह नगर्ने ,साथीहरूको बाल विवाह हुन लागेको जानकारी भएमा सम्बन्धित निकायमा सुचना दिने , अभिभावकहरुलाइ सम्झाउने र बाल विवाह विरुद्ध आवाज उठाउने प्रतिबद्धता गरेका पनि सातदोबाटोबाट कविता सापकोटाले जानकारी दिनु भयो ।