FLASH NEWS

थाक्रे गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • टोलटोलको खबर
  • खेलकूद
  • प्रकाशित मिति:
  • २०८१ पौष २७, शनिबार (१ साल अघि)
  • ३८९

    Shares

थाक्रे गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

थाक्रे:    धादिङको थाक्रे गाउपालिकमा थाक्रे गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८१ आज शनिबारबाट सुरु भएको छ । थाक्रे गाउँपालिका वडा नम्बर १० को दोभाने खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।

पालिस्तरीय प्रतियोगीतामा माध्यमिक तहका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुले विभिन्न विधामा भाग लिएका छन् । प्रतियोगिताको उद्घाटन समारोहमा कालिका माध्यमिक विद्यालयका स्काउटका विद्यार्थीहरुले मार्चपास र राष्ट्रिय भण्डो तोलन समेत गरेका थिए ।

रनिङशिल्डको उद्घाटन गर्नु हुँदै गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले प्रतियोगिताको सफलताको शुभकामना समेत दिनु भयो । साथै उहाले खेल आफैमा महत्वपूर्ण भएकोले एकदम अनुसासित भएर खेल र खेलौनाको लागि आग्रह गर्नु भयो।

कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु,विभिन्न विद्यालयका प्रधानाध्यापकहरु र विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रम २९ गते समापन हुने पालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख दुर्गादेवी खड्काले जानकारी दिनु भयो।   उक्त कार्यक्रमको टोलकोटोलको खबरले प्रत्यक्ष प्रसारण गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस