FLASH NEWS

आजको मौसम कस्तो रहला

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ फागुन १६, शनिबार (७ घण्टा अघि)
  • २५

    Shares

आजको मौसम कस्तो रहला

काठमाडौँ :   हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसका कारण कोशी प्रदेश, बागमती प्रदेशगण्डकी प्रदेश का पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली भएको छ। देशका बाँकी हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराईका केही स्थानमा बिहान हुस्सु लाग्ने सम्भावना छ। कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागसहित अन्य हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा अन्य प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, यी तीनै प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्ने जनाइएको छ।

आज राति तराईका थोरै स्थानमा तुवाँलो लाग्ने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने कोशी र गण्डकीका पहाडी भूभागसहित अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। साथै, कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस