FLASH NEWS

सुनको मूल्य घट्यो

  • टोलटोलको खबर
  • अर्थतन्त्र
  • प्रकाशित मिति:
  • २०८२ फागुन १५, शुक्रबार (१ दिन अघि)
  • २०

    Shares

सुनको मूल्य घट्यो

काठमाडौंः आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मूल्य बढेको छ। हिजोको तुलनामा सुन प्रतितोला ५ सय रुपैयाँले घटेको छ भने चाँदी १५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ५ हजार ७ सय ४० रुपैयाँ निर्धारण गरिएको छ। हिजो छापावाल सुन प्रतितोला ३ लाख १५ हजार ४ सय र चाँदी प्रतितोला ५ हजार ७ सय २५ रुपैयाँ कायम भएको थियो।

गत बुधबार छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ९ सय र चाँदी प्रतितोला ५ हजार ५ सय ८५ रुपैयाँ निर्धारण गरिएको थियो। त्यसैगरी, गत सोमबार छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५ सय र चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार १ सय ८७ अमेरिकी डलर तथा सोही परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस