
३४
Shares
काठमाण्डौ : हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर ३ लाख १५ हजार ४ सय रुपैयाँ पुगेको छ। हिजो सुन तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले वृद्धि भएको छ। चाँदी आज तोलाको ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य तोलाको ५ हजार ७ सय १५ रुपैयाँ थियो।






