FLASH NEWS

निर्वाचन प्रचारमा अवरोध गरे दुई लाख जरिवाना वा तीन वर्ष कैद

  • टोलटोलको खबर
  • निर्वाचन २०८२
  • प्रकाशित मिति:
  • २०८२ फागुन १३, बुधबार (८ घण्टा अघि)
  • ३५

    Shares

निर्वाचन प्रचारमा अवरोध गरे दुई लाख जरिवाना वा तीन वर्ष कैद

काठमाडौँ:   फरक राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा अवरोध गरे दुई लाख रुपैयाँसम्म जरिवाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको निर्वाचन आयोग ले जनाएको छ।

सङ्घीय कानुनबमोजिम निर्वाचन प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्‍याउने, थुनछेक गर्ने वा गराउने कार्य दण्डनीय हुने आयोगले स्पष्ट पारेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार गतिविधि आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ। केही स्थानमा प्रचारप्रसारमा अवरोध गरिएको गुनासो र उजुरी प्राप्त भएको तथा सञ्चारमाध्यमबाट समेत यस्ता घटना सार्वजनिक भएको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिता जारी भइसकेको उल्लेख गर्दै आयोगले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न नहुने व्यवस्था रहेको जनाएको छ।

आसन्न निर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सबै पक्ष जिम्मेवार हुनुपर्ने आयोगको भनाइ छ। साथै, निर्वाचनसम्बन्धी प्रचलित कानुनविपरीत प्रचारप्रसारमा अवरोध नगर्न सबै सरोकारवालालाई आयोगले अनुरोध गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस