FLASH NEWS

आजको मौसम कस्तो रहला ?

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ फागुन ११, सोमबार (२ दिन अघि)
  • ३४

    Shares

आजको मौसम कस्तो रहला ?

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले तराई भू–भागका केही स्थानहरूमा तुँवालो लागेको छ।

कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बदली रहेको छ। साथै बागमती प्रदेशलुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।

तराई भू–भागका केही स्थानहरूमा बिहान हुस्सु लाग्नेछ। देशका हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने पहाडी भू–भागमा आंशिक बदली रहनेछ। तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा तथा कर्णाली प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस