
४०
Shares
काठमाडौँ : पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्र तीन दिन सम्म मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न समेत नपाउने गरी मंसिर १ गतेदेखि ३ गते (तीन दिन) सम्म पूर्ण रूपमा रोक लगाइएको छ ।



जिल्ला प्रशासन कार्यालय काठमाडौँले आइतबार सूचना जारी गर्दै सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले चार किल्लाभित्र मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रूपमा रोक लगाइएको हो ।
सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यी हुन् मदिरा लगायत नशालु पदार्थ रोक लगाइएका चार किल्ला
पूर्व– पशुपति क्षेत्रको तिलगङ्गा, गुहेश्वरीतर्फको पूर्वी सिमाना ।
पश्चिम– गौशाला, मित्रपार्क, चक्रपथ सडक ।
उत्तर– मित्रपार्क, उमाकुण्ड, गौरीघाट, गुहेश्वरी सडक ।
दक्षिण– गौशाला, तिलगंगा, चक्रपथ सडक ।








